प्रतिभा ऐडि-सुर्खेत । मुगुकाे सदरमुकाममा भीषण आगलागी भएको छ । गमगडिमा आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन । आगो नियन्त्रण गर्ने क्रममा एउटा कच्ची घर भत्काइएको हो । आगोलाई अन्य ठाउमा फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर पनि भत्काइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो। सुरक्षाकर्मीहरु स्थानीयहरुको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा आएको बताएको छ| साँघुरो र बाक्लो बजारका कारणले गर्दा धेरै नोक्सानी भएको छ | आगलागीमा मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन बाकी रहेको जानकारी आएको छ ।





