कालिकोटमा बाढी पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु, ६ वेपत्ता

खबरखोज संवाददाता   ।   २०७७ श्रावण १६, शुक्रबार १७:२२

सुर्खेत, १६ साउन । कालिकोटमा बाढी पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका छन् । जिल्लाको बिभिन्न ठाउँमा गएको बाढी पहिरोमा परेर मृत्यु र वेपत्ता भएका हुन् ।
कालिकोटमा एक साताको अवधिमा जिल्ला बिभिन्न ठाउँमा बाढी तथा पहिरोमा परेर १९ जनाको मृत्यु ६ जना वेपत्ता भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । ‘बिहिबारसम्म १७ जनाको मृत्यु भएको थियो ।’ उनले भने,‘आज बिहान थप दुई जनाको पहिरोमा परि मृत्यु भएको छ ।’
बाढी पहिरोमा परेर कालिकोटको नरहरिनाथ गाउँपालिकामा ९ जना मृत्यु १ वेपत्ता, रास्कोट नगरपालिकामा ३ को मृत्यु ५ वेपत्ता, खाँडाचक्र नगरपालिका १ जनाको मृत्यु, महावै गाउँपालिकामा २ जनाको मृत्यु र पलाँता गाउँपालिकामा १ जनाको मृत्यु, सान्नी त्रिवेणी गाउँपालिकामा २ जना र पचालझरना गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।
बाढी पहिरोको क्षतिका बिषयमा अहिले पनि सूचना संकलन गरिरहेको अन्य क्षतिका बिषयमा विस्तृत विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ‘घर भत्किएको घरबारबिहिन भएको बिषयमा अहिलेसम्म पुरै विवरण आएको छैन् ।’ उनले भने,‘प्रहरीमार्फत सूचना संकलन गरिरहेका छौं ।’
वेपत्ता तथा मृतकका परिवारलाई राहत दिने
पहिरोमा परि मृत्यु भएका तथा वेपत्ता भएका परिवारलाई २ लाखका दरले संघीय सरकारमार्फत राहत दिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ‘विगतमा बाढी पहिरो लगाएतका विपद्मा परि मृत्यु भएका १ लाख राहत दिने संघीय सरकारको निर्णय भएको थियो ।’ उनले भने,‘केही दिन अघि २ लाख राहत उपलब्ध गराउने संघीय सरकारको निर्देशन रहेको छ ।’
बाढी पहिरोको क्षतिको अवलोकन भ्रमणमा गएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बाढी पहिरोमा परेर घरबारबिहिन भएकालाई आवासका लागि प्रदेश सरकारले घर बनाईदिने बताए । ‘पहिरोमा परेर घरबारबिहिन भएकालाई प्रदेश सरकारले घर बनाउने छ ।’ उनले भने,‘पहिरोमा परेर अन्य क्षति भएकालाई राहतको व्यवस्था गरिनेछ ।’
मुख्यमन्त्री शाहीले पहिरोमा परेका मृतकक परिवारलाई संघीय सरकारबाट २ लाखका दरले र प्रदेश सरकारको बिपत बिमावापत २ लाख गरेर ४ लाख राहत उपलब्ध गराइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनमा पनि यसरी क्रियाशिल रहे कर्णाली प्रदेशका सामुदायिक विद्यालय

२०७७ श्रावण १६, शुक्रबार १७:२२
कालिकोट,१८ साउन । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुले कोभिड–१९ को महामारीमा सिकाइ निरन्तरताका लागि विभिन्न वैकल्पिक विधि अपनाएका छन् । सामुदायिक विद्यालय शिक्षा सुधार समाज कर्णाली प्रदेशले आयोजना गरेको कोरोना महामारीकाबिच वैकल्पिक शिक्षण सिकाइका चुनौती, अवसर र उपलब्धि विषय भर्चुअल अन्तक्रियामा प्रदेशका सामुदायिक विद्यालयहरुले आफूहरुले लकडाउन अवधिमा सिकाइ निरन्तरताका लागि गरेका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.