सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

doorkhabar.com

doorkhabar.com   ।   २०८१ माघ २७, आईतवार ०२:५६

“स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ सनिवार अर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ । शुभकालिका गाउँपालिका सुकाटिया कालीकोटकाे आयाेजना र रेडियो शुभकालिका एफ.एम ९९.१ मेगाहर्ज कालीकोटकाे समन्वयमा उक्त कार्यक्रम गरिएको हाे । शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे सभाअध्क्षतामा सनिवार २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै, शुभकालिका गाउँपालिकाकि उपाध्यक्ष शाहीले भन्नू भयाे । सार्वजनिक सुनुवाइ भनेको कुनै सार्वजनिक सरोकारको विषयमा सरोकारवालाहरू, समुदायका सदस्यहरू, तथा सम्बन्धित पक्षहरूबीच खुला छलफल गर्ने प्रक्रिया भएकाे र यसमा सरकारी निकाय, गैरसरकारी संस्था, वा अन्य सरोकारवाला पक्षहरूले कुनै नीतिगत निर्णय, विकास योजना, वा सार्वजनिक विषयमा प्रत्यक्ष रूपमा नागरिकहरूको धारणा, गुनासो, तथा सुझाव लिने अवसर एक माध्यम भएकाे गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताईन्। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी  उपसभापति नन्द बहादुर शाही (घमन) , नेकपा ऐमाले प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद आचार्य , जिल्ला पार्टी सचिव पुष्प राज आचार्य , नेकपा माओवादी केन्द्रका प्रतिनिधि महारुद्र आचार्य ,शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द चाैलागाँई शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत केन्द्र बहादुर शाही लगाएतका अतिथिहरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आचार्यले भन्नू भयाे नेपालमा स्थानीय तहदेखि संघीय सरकारसम्म विभिन्न निकायहरूले सार्वजनिक सुनुवाइ गर्ने चलन रहेकाे जसले शासन प्रणालीलाई पारदर्शी र जनउत्तरदायी बनाउन सहयोग गरेकाे गाउँपालिकाका अध्यक्ष गाेविन्द आचार्यले बताउनु भयाे ।उक्त कार्यक्रममा स्थानीय नागरिक ,राजनीतिक दल ,स्थानिय जनप्रतिनिधि ,नागरिक समाज ,पत्रकार ,कर्मचारी, सुरक्षा कर्मि, शिक्षक, अभिभावक ,लगाएतका सराेकार वालाहरुकाे सहभागीतामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियाे ।कार्यक्रममा विभिन्न  राजनीतिक दले  गाउँपालिका लाई राम्ररा कामगर्न सकारात्मक शुझाव सल्लाह समेत दिएका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा एक कार्यक्रमका बीच उद्घाटन

२०८१ माघ २७, आईतवार ०२:५६
कालीकोट, जिल्लको शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा आजबाट सरु भएको छ । “स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा उद्वघाटन गरिएको हो । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको विशेष आतिथ्यतामा १२ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.