शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा एक कार्यक्रमका बीच उद्घाटन

doorkhabar.com

doorkhabar.com   ।   २०८१ माघ २७, आईतवार १८:४८

कालीकोट, जिल्लको शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा आजबाट सरु भएको छ । “स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा उद्वघाटन गरिएको हो ।

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको विशेष आतिथ्यतामा १२ औं अधिवेशन भब्यताका साथ उद्धाघाटन गरीएको छ । चालु आर्थिक वर्ष २०८१ /०८२ मा यस गाउँपालिकाको एघारौं गाउँसभावाट पारीत भएको कुल वजेट रु ४२,८२,८६,२७२ । (अक्षरुपी वयालिस करोड वयासी लाख छयासी हजार दुई सय वहत्तर मात्र ) जसमा चालु तर्फ रु ३०,५८,००,५२२ ।( अक्षरुपी तिस करोड अन्ठावन्न लाख पाँच सय वाईस रुपैया मात्र ) र पजिगत तर्फ रु १२ ,२४,८५,७७५ ।( अक्षरुपी वाह्र करोड चौविस लाख पचासी हजार सात सय पचहत्तर मात्र )रहेकोमा आ.व को पहिलो चौमासिक सम्ममा चालु तर्फको खर्च रकम रु ११,४०,०४,२३३(३७.२८ प्रतिशत ) र पुजिगत तर्फ खर्च रकम रु १०,००,००० । (०.८२ प्रतिशत )भएको र कल जम्मा खर्च रकम रु ११,५०,०४,२३३। (२६.८५ प्रतिशत ) खर्च भएको छ । चालु आ.व .मा योजना निर्माणका लागी पालिका तथा संघ ,प्रदेश , स्थानिय तह र अन्य साझेदार संस्थासंगको साझेदारीमा योजनाहरु छनोट,उपभोक्ता समिती गठन तथा कार्यलय संग समझैता भई निर्माण कार्य संञ्चालनमा रहेको शुभकालिका गाउँपालिकाकी उपाअध्यक्ष धर्मकला शाहीले आर्थिक वर्ष २०८१/०८२ को संशोधित कार्यक्रम तथा बजेट सभाका अध्यक्ष ज्यू र सदस्य हरु सामु प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्षको बिनियोजन रकम मध्य ६ महिनाको अवधीमा हाल सम्म २६.८५ प्रतिशत खर्च गरि सकिएको बताईएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को १२ औं हिँउदे अधिवेशनमा सुझाव संकलन गर्ने तथा छलफलगरी बजेट तथा कार्यक्रम संशोधन गर्ने र ऐन नियमावली कार्यविधिहरु पास गर्ने शाहीले बताउनु भयो ।

१२ औं गाउँसभामा वडा अध्यक्ष वडा स्दस्य कार्यपालिका सदस्य पत्रकार सुरक्षा कर्मि लगाएतका सरोकारवालका हरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिकामा निशुल्क शिविर सञ्चालन गरिने

२०८१ माघ २७, आईतवार १८:४८
कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिकामा निशुल्क शिविर सञ्चालन हुने भएकाे छ । शुभकालिका गाउँपालिकाकाे आयाेजनामा , काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड काठमाडौंकाे समन्वय र सहकार्यमा शुभकालिका गाउँपालिकामा निशुल्क २ दिने शिविर सञ्चालन गरिने भएकाे हाे । शिविर फाल्गुण ६ र ७ गते सञ्चालन गरिने शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.