कर्णालीमा एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्यो

डाेरखबर समाचारदाता   ।   २०८३ भाद्र ३, बुधबार १५:०७

सुर्खेत । कर्णालीमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ । बुधवार सत्ता सहकार्यका लागि दुई पार्टीका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति जुटेको हो ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाहेक तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन् ।

नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

नयाँ नीति, कार्यक्रम, मनोनयन र नियुक्तिका सन्दर्भमा दुवै दलबीच आपसी सहमति भएपछि मात्र प्रक्रिया अगाडि बढाइने सहमति भएको छ । प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शीता कायम हुने गरी सञ्चालन गरिने सहमति पत्रमा उल्लेख छ ।

प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णयहरूको कार्यान्वयन र बाँकी कामहरूलाई निरन्तरता दिइने पनि सहमति गरेका छन् । Onlinekhabar बाट

यस्तो छ सहमतिपत्र–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

२०८३ भाद्र ३, बुधबार १५:०७
काठमाडौँ। सरकारले शिक्षक, विद्यालय कर्मचारी तथा प्रारम्भिक बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेदेखि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्नेसम्मका ११ वटा निर्णय गरेको छ। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.