सुर्खेत साउन २९ । कर्णाली प्रदेश स्तरिय नागरिक तथा सामाजिक सस्थाहरुकाे अान्तरिक सुसाशान र स्वनियमनका न्यूनतम मापदण्ड २०७६ सम्वन्धि जानकारी अादानप्रदान कार्यक्रम शुक्रबार विरेन्द्रनगरमा सम्पन्न भएकाे छ ।
किर्डाक नेपालकाे सहजिकरण र गैसस महासंघ कर्णाली प्रदेशकाे अायाेजनामा छलफल कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
गैसस महासंघ कर्णाली प्रदेश अध्यक्ष हरि अधिकारीकाे अध्यक्षतामा सञ्चालित छलफल कार्यक्रमका प्रमुख अतिथि समाजकल्यण परिषदका सदस्य सचिव पुष्कर खातीले गैससहरु पारदर्शी हुनु पर्ने अाैल्याउदै समुदयकाे सूचककाे अाधारमा परियाेजान सञ्बाचालन गर्नु पर्ने धारणा राखे । साथै उनले समाजकल्याण परिषद डिजिटलाइजमा जान लागेकाे वारे जानकारि गराउनु भयाे । साथै अनुमति दिदा कागजात पूरा नभएसम्म दिन नसकिने वताउनु भयाे । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयका सहसचिव कृष्णप्रसाद पराजुलीले मन्त्रालयले राष्टिय तथा अन्तर्ष्टिय गैससहरुलाई विदेशी फउण्ड भत्याउन पहल गर्ने बताए । साथै कर्णाली प्रदेशमा गैससहरु घरघरमा पुगेर प्रभावकारी काम गरेकाेमा धन्यबाद दिए ।
किर्डाक नेपाल कर्णाली प्रदेश कार्यालय प्रमुख नवीन शाहीले सहजिकरण गर्नुभएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली पर्देश अध्यक्ष देविराम देवकाेटाले गैर सरकारी सस्थाहरुका कार्यक्रमहरु पारदर्शी नभएकाे प्रति समाजकल्यण परिषदकाे ध्यानाकर्षण गराए । उनले पत्रकार महासंघले गैससहरुसँग समन्वय र सहकार्य गर्न चाहाएकाे वताए ।
यस्तै अावाज सुर्खेतका अध्यक्ष पवित्रा शाही,स्याक सुर्खेतका टिकाराम अाचार्य लगाएतले अनुमित लिनकाे लागि काठमाडौ धाउनपर्ने अवस्था अन्त्य गर्नु पर्नेेेेमा जाेड दिनु भयाे । साथै परिषदले अनुगमनलाई जाेड दिनु पर्ने माग राखे ।




