निस्ता कार्की/कालिकोट/ राष्ट्रिय वाणिज्य वैंक कालिकोट शाखा एक हप्ताका लागि शिल गरिएको छ । कार्यालयका एकजना कर्मचारीलाई कोरोना देखिए पछी आइतवार सम्मका लागि शिल गरिएको हो ।
वैंकका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र कार्यालयका अन्य कर्मचारिको पिसिआर पक्षिणका लागि स्वाव पठाइएको हुनाले रिपोर्ट नआउन्जेल सम्मका लागि शिल गरिएको राष्ट्रिय वाणिज्य वैकले जनाएको छ ।
वैंकका एक कर्मचारीले आईतवारसम्म स्वाव दिएका कर्मचारकिो रिर्पोट आएमा छिटै खुल्ने बताउनु भयो । वैंक बन्द हुँदा सेवाग्रहीहरु मर्कामा परेका छन ।
राष्ट्रिय वाणिज्य वैंक कालिकोट शाखा शिल
