कालिकोट । शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २२ गते शुभकालिका गाँउपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत जिल्ला गाँउपालिका कार्यालय सुकाटियामा सर्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका विभिन्न स्वास्थ्य चौकिमा खानेपानी,औषधीको अभाव रहको, विद्यालयमा दिवा खाजाको अनियामितता, विपन्न जनाजाती समूदायमामा खाद्यन्न अभाव,विद्यालयमा पाठ्य पुस्तकको अभाव लगाएतका समस्यकहरुको वारेमा सवाल उठान भएके थियो ।
कार्यक्रममा वडानं ४ का वडाध्यक्ष केशन बहादुर शाही, निमित्ति प्रमुख प्रसासकीय अधिकृत केन्द्र बहादुर शाही,शाखा प्रमुख,लगाएतले गाउपाकिामा देखिएका समस्याहरुका केहिको सम्वोधन भएको र वाँ बुझेर समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।





