पत्रकारमाथि धरपकडको विरोधमा माइतीघरमा मौन प्रदर्शन

कालीबहादुर मल्ल   ।   २०८३ कार्तिक १५, शनिबार १६:१३

काठमाडौँ – पत्रकार र मिडियामाथि प्रहरी धरपकडको विरोधमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म पत्रकारहरूले माइतीघरमा मौन विरोध गरेका हुन्।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको विरोध प्रदर्शनमा पत्रकारहरूले विभिन्न नारा उल्लिखित पोस्टर र पम्प्लेट देखाएका थिए। प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर, लोकतन्त्र पुनर्बहाली गर, संसद, इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर, विचौलिया-प्रधानमन्त्री-न्यायलय कनेक्सन छानबिन गर लगायतका नारा उल्लिखित थियो।

शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर प्रहरीले मोटिभेट निउजका प्रधानसम्पादक शोभराज बराल, नेपाल प्रेसका विश्वमणि सुवेदी लगायत पत्रकारलाई पक्राउ गरेको थियो।सादा पोसाकका प्रहरीहरूले केही मिडिया हाउसमा प्रवेश गरी प्रधान सम्पादक र सम्पादकको खोजी गरेका थिए।

प्रहरी टोली केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुका साथै पत्रकारहरूको मोबाइलसमेत जाँच गरेको थियो। यसरी समाचार लेखेकै कारण मिडिया हाउस र पत्रकारमाथि धरपकड गरेपछि प्रहरीको चौतर्फी आलोचना भएको छ।

यसले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भनेर पत्रकार महासंघदेखि राजनीतिक दलहरूसहित प्रेस काउन्सिल पनि आपत्ति जनाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

"न्याय कि सेटिङ"? न्यायालयको शुद्धीकरण कहिले?

२०८३ कार्तिक १५, शनिबार १६:१३
अशाेकनाथ याेगी/न्यायालयको सम्मान मौनतामा होइन, निष्पक्षता, पारदर्शिता र विधिको शासनमा हुन्छ। आरोपको होइन, प्रमाणको छानबिन गरौँ; आलोचनाको होइन, संस्थागत सुधारको बाटो रोजौँ। न्यायालय लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख आधारस्तम्भ हो। यसको स्वतन्त्रता, निष्पक्षता र गरिमाको संरक्षण गर्नु राज्य र नागरिक दुवैको साझा दायित्व हो। तर न्यायालयप्रतिको सम्मानका नाममा न्यायिक प्रक्रिया, प्रशासनिक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.