हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको उद्धार

कालीबहादुर मल्ल   ।   २०८३ कार्तिक १८, मंगलवार १०:२३

काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा म‌गलबार बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो ।

मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए ।
एक जना घाइते भएका छन् । घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पुर्‍याइएको छ ।
दुई हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८३ कार्तिक १८, मंगलवार १०:२३
१७ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार अभियोगपत्र पेस गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.