कालिकाेट । कालिकोटबाट सुर्खेत जादै गरेको जीप दुर्घटना भएको छ । कर्णाली राजमार्गको रामाघाट नजिकै जीप दुर्घटना भएको पुष्टि ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काले गरेका छन् ।
कर्णाली प्रदेश ०२ ००१ ख ०२४७ नम्बरको जीप आठविस नगरपालिका–१ रामाघाटमा दुर्घटना भएको हो । दुर्घटनामा कालिकाेट शुभाकालिका गाउँपालिका-२ भर्ता घर भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र नरहरिनाथका २४बषिय कमल बिककाे घटना स्थलमै मृत्यु भएकाे प्रहरी चाैकी पाल्तडाले जनाएकाे छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।





