कालिकाेट असाेज २१ । बिप्वल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भरत बम रणविरले जनताकाे जनमतबाटै दलाल पुजिवादकाे अन्त्य गरि बैज्ञानिक समाजबादकाे स्थापना गर्ने बताउनु भयाे ।
जनपत्रकार संगठनकाे आयाेजित कालिकाेट जिल्टला सदरमुकाममा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा नेत रणविरले फाैजि तरिकाले नभएर जनमतसंग्रह मार्फत नेपालमा बैज्ञानिक समाजबाद स्थापना गरि छाड्ने बताउनु भयाे ।
पत्रकाहरु भेटघाट कार्यक्रममा नेता बमले जनमतसंग्रहमा जादा कम्युनिस्ट पार्टी भनिने संसदबादी दलहरु समाजबादकाे विरुद्ध भएभने नक्कलि समाजबाद रहेछ भन्ने जनता प्रस्ट हुनेछन ।
लामाे समय जेल जिवनपछि पहिलाे पटक गृह जिल्ला पुग्नुभएका नेता बमले बैज्ञानिक समाजबाद विषय सजिलाे नभएपनि यसका लागि आफ्नाे पार्टीले निरन्तर संघर्ष गर्ने धारणा गर्नु भयाे ।
जनपत्कार संगठनका सचिव कर्ण परियारकाे अध्यक्षतामा सञ्चालित पत्रकार भेटघाट कार्यक्रममा नेता कर्ण भण्डारी,जिल्ला सेक्रेटरी मनिलाल ऐडि लगाएतकाे सहभागिता रहेकाे थियाे ।





