कालीकोट जिल्ला समन्वय समितिको प्रमुख पदमा रही एक दिनको लागि जिम्मेवारी पाएकी छन । अन्तराष्ट्यि बालिका दिवसको अवसर पारि जिल्ला स्रतमा नमुना पदग्रहण कार्यक्र वा गल्स टेकओभर कार्यक्रम गरि जिल्ला समन्वयको प्रमुख धनजित बहादुर शाहीले उर्मिलालाई एक दिनको लागि पद हस्तान्त्तण गरि जिम्मेवारी प्रदान गर्नु भएको हो । खाँडाचक्र नगरपालीका वडा नम्वर २ वस्ने उर्मिला नेपाली एक अनुसाशित, जिज्ञासु स्वभावकि उर्मिला बाल क्लव देखि नागरिक कार्य समुह को सदस्य पदमा रही सामाजिक रुपान्त्तणका क्रियाकलाहरुमा सधै आवद्ध उनी विगत एक बर्ष देखि युरोपियन युनियनको आर्थिक सहयोग तथा प्लान ईन्टरनेश्नल नेपाल र दलित महिला संघ फेडो नेपाल द्धारा संचालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्र्तगत विभिन्न कार्यक्रममा सहभागि भै आएकी हुन । जिल्ला समन्वय समितिका प्रमुखको रुपमा पदग्रहण गरिसकेपछि प्रमुख उर्मिला नेपालीले वैठक संचालन औपचारीकरुपमा संचालन गरि सामाजिक समावेसिकरण सम्वन्धि संघ संस्थाहरुको भुमिका वारे एजेन्डा प्रस्तुत गरि विभिन्न संघ संस्थाले जिल्लामा गरेका कामको समिक्षा गरि आगामि दिनमा समन्वय सहकार्य गरि जाने निर्णय गरेका छन ।
जिल्ला समन्वय समिति कालिकोटको प्रमुखमा उर्मिला नेपाली





