१०औं दिन पनि शिक्षकहरू सडकमा

बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो ।

कालीबहादुर मल्ल   ।   २०८१ चैत्र २८, शुक्रबार १६:२१
काठमाडौ । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ ।

माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर उनीहरूले सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् ।

बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण उनीहरूले २० चैतदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।

महासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।

‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ पराजुलीले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’

उनका अनुसार दुवै पक्षले थप गृहकार्य गरेर अर्को वार्ताको मिति तय गर्ने छ ।

onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिका स्तरीय बाल सञ्जाल  पुनर्गठन

२०८१ चैत्र २८, शुक्रबार १६:२१
कालीकाेट ,जिल्लाको शुभकालिका गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल  पुनर्गठन गरिएको छ । सेभ द चिल्ड्रेन  किडार्क नेपाल कालीकाेटको साझेदारीमा संञ्चालित संकल्प परियोजनाको आर्थिक सहयोग तथा सहजीकरणमा कार्यक्रम गरिएकाे हाे । विपिन धितालकाे अध्यक्षतामा २१ सदस्य पालिकास्तरीय बाल सञ्जाल गठन भएकाे हाे । उक्त कार्यक्रम बाट विपिन धिताल अध्यक्ष, यमुना शाही […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.