साउन महिनाका उन्तीस गते – सतहत्तर साल ।
जिउ लैगइ दुर्दशा लाइगइ – कठै बहिरी काल ।
मध्य रातका मेघपानीअ – गर्नु गरी क्षति
ठुुुुलो पीडा कहीँ देखेनौं – महावैमा यति ।
प्रविण पुष्प सविना र – आशा कन छानी
एक्लै छन् आमा र बुवा –बच्चा लैगइ तानी ।
याद आउदोछ छोराछोरी –मुट्टु आउँछ फुटी
भन्दा छन् रज र मैना – हाम्रो भाग्य लुटी ।
दुई छोरी शान्ति र रेखा – हुर्काइयो बढाइयो
सुख् सुबिधा पाउन्या बेला – काल कन चढाइयो ।
एक छोरा हिक्मतका भरले – डिल बुझाउलान् डिल
अझैपनि भयाकै छ – दिन् काट्न मुस्किल ।
उद्धार गर्न कठिन बन्यो – थप पहिराका डरले
मान्दैछन् बिपत् को चिन्ता – बाँकी बत्तीस घरले ।
नघटोस् यस्तरै घट्ना –अब नकु गाउँमा
शब्दबाट श्रद्धाञ्जली – मृतक सबका नाउँमा ।





