कहिले नकु कहिले नाग्म – पहिरो पस्याको छ
कालिकोटमा तीन दर्जनको – जीवन डस्याको छ ।
कोरोनाले डर देखायो – पहिराले जिउ लियो
कोही घाइते छन् कोही बेपत्ता – दिनु दुख्ख दियो
रास्कोट, नरहरिनाथमा – हिसाब नाइ क्षतिको
भन्न्या दिन् कैलेदै छुट्लान् – जिउ लग्यो यतिको ।
गडकुलो रिटाउन खोज्दा – पलाता नासियो
पुल बन्योन टाकुल्लाउदो – जिउ मात्तै मासियो ।
कोटबाडा दुईको जिउ बाइगो – राम्नी तर्साउदैछ
काल बैरीलाइ दया छैन – अाँसु बर्साउदैछ ।
शब्दबाट श्रद्धाञ्जली – धर्ती छोड्न्या कन
पीडितको जे गर्दापनि – थामिन्या नाइ मन ।
कोही बस्छन् पाल टाँगीकन – कोही अर्काको घरमा
राहत देउ घरघरै पुगि – सरकारकै छन् भरमा ।।





