न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
नवनिर्मित इजलास कक्षको तीनवटै तहको सरकारमा न्यायिक ऐन रहेको र सोही परिधिमा रहेर जिल्लामै पहिलो पटक न्यायिक इजलाश कक्ष स्थापना गरेको संयोजक सिंहले बताइन् ।
संयोजक सिंहले संरचना नहुँदा अघिल्लो सरकारले कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको तर अहिले इजलास कक्ष स्थापना हुँदा कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गरिन ।
सरकारी वकिल खनालले न्यायिक समितिको कार्यसम्पादन निष्पक्ष हुनुपर्ने भएकाले न्यायिक समितिले इजलासमा रहेर निष्पक्ष भएर काम गर्न आग्रह गरे ।
नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप व्यस्थित गर्ने र सेवाग्राहीमैत्री सेवा प्रदानका लागि इजलाश कक्ष आवश्यक रहेको गाउँपालिका अध्यक्ष केसीले बताए । याे समाचार कर्णणाली पाटी अनलाइनमाा छापिएकाे छ ।





