कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, १५ डिस्चार्ज

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १०, बुधबार ०५:०२

सुर्खेत / कर्णालीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको ७ सय जनाको स्वाव परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४ जना, दैलेखका २ जना, सल्यानका २ जना, धनुषा र कन्चनपुरका १–१ जनामा गरि ११ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ४ जना, दैलेख, जुम्लाका १–१ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णालीका ४ वटा प्रयोगशालामा ७ सय जनाको स्वाव परीक्षण गरिएको जसम्धये प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २ सय ३२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ सय ८२, दैलेख अस्पताल दैलेखमा ३५ र चौरजहारी नगरपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा १ सय ५८ जनाको स्वाव परीक्षण गरिएको महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
‘त्यसमध्ये १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।’ उनले भने,‘योसँगै कर्णालीमा संक्रमितको संख्या २ हजार ३ सय १३ पुगेको छ ।’
मंगलबार कर्णालीका बिभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट १५ जनामा कोरोना संक्रमण निको भएर घर फिर्ता भएको प्रमुख शाहीले बताए ।
‘कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ७ पुगेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या ३ सय रहेको छ ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे २३ करोड प्रयोगकर्ताको डाटा लिक

२०७७ भाद्र १०, बुधबार ०५:०२
काठमाडौं /इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ। इन्टरनेट डाटा लिकसम्बन्धी जानकारी दिने कम्पनी कम्पेरिटकका अनुसार साढे २३ करोड प्रयोगकर्ताको  डाटा लिक भएको हो। सुरक्षा अनुसन्धानकर्ता बब डायाचेन्कोले डाटाबेसका तीन समान प्रतिलिपिहरू फेला पारे जसमा नाम, सम्पर्क जानकारी, छविहरू तथा फलोअरका तथ्या्कहरु सार्बजनिक भएको छ । लिक भएको […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.