समाजिक विकृति न्युनिकरण गर्न सचेतना गोष्ठि

डाेरखबर समाचारदाता   ।   २०८२ कार्तिक २१, बिहीबार १४:०३

कलिकोट । बलविवाह,छाउपडि प्रथा जातिय भेदभाव जस्ता समाजिक बिकृतिहरुको न्यूनिकरण सम्वन्धि लक्षित समुहसँग सचेतना गोष्ठि बुधबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

डोरखबर अनलाइन समाचर पोर्टलका सम्पादक एवम खबरखोज मिडिया प्रालिका सञ्चालक कालीबहादुर मल्लको अध्यक्षता तथा कालिकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सोयलको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हिमबहादुर खत्री,सामाजिक विकास कार्यालयका प्रमुख अविराज शाहीको विशेष आतिथ्यतामा गोष्ठि जिल्ला सदरमुका मान्ममा सम्पन्न भएको हो ।


सामाजिक विकास कार्यालय,कालिकोट सहयोग तथा खबरखोज मिडिया प्रालिको आयाजनामा सञ्चालित गोष्ठिमा प्रमुख जिल्ला अधिकारी सुयल र प्रहरी प्रमुख खत्रीले बालविवाह,छाउडि प्रथा जस्ता समाजिक विकृतिको अन्त्य गर्न दण्डात्मक तरिकाले मात्र नएर सचेतनात्म तथा प्रवधानात्मक तरिका अपनाउन पर्नेमा जोड दिनु भयो ।
लक्षित समुह किशोर,किशोरी,दलित युवा लगाएको सहभागिता रहेको कार्यक्रममा सामाजिक कार्यालयका प्रमुख शाहीले कालिकोटलाई सभ्य र सुसम्पन्न वनाउनका लागि जिल्लाको आवश्यकतामा आधारीत समाजिक समावेशिकरण,शिक्षा,समाजिक विकृति तथा हानिकारक अभ्यास न्युनिकरणका लागि यस्तो सचेतना गोष्ठि गर्न सहयोग भएको वताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कम्युनिस्ट’ फुर्को लगेका १६ दल, मिल्दाजुल्दा नाम खारेज हुने

२०८२ कार्तिक २१, बिहीबार १४:०३
काठमाडौँ — एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीहरू निर्वाचन आयोगमा दर्ता रहेकै बेला त्यस्तै नाम भएका थप दुई दल पनि सूचीमा थपिने तयारीमा छन् । पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टी नेपाल गरी दुई नयाँ कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने प्रक्रियामा छन् । यसअघि नै आयोगमा दर्ता भएका १ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.