दैलेख गाडी दुर्घटनामा बेपत्ता चार जनाको पहिचान खुल्याे

डाेरखबर समाचारदाता   ।   २०८३ असार १८, बिहीबार १५:४७

कालिकाेट असार १८। दैलेखमा बिहीबार गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा कालीकोटको पचालझरना-९ का मेखे तिरुवा, रास्कोट नगरपालिका २ की सृजना खड्का तथा  सुर्खेत पञ्चपुरीका चालक-सहचालक रामु सुवेदी र तुलाराम सुवेदीको पहिचान खुलेको घटनास्थल पुगेका कालीकोटको रास्कोट नगरपालिका मेयर धर्मराज शाहीले बताए ।

यस्तै ज्यान गुमाउनेमा कालीकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरी जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेका तिरुवालाई उपचारका लागि अस्पताल पुर्‍याए पनि दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेको थियो ।

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा बेपत्ता गाडीका चालक ९ दिनपछि मृत भेटिए

२०८३ असार १८, बिहीबार १५:४७
कालिकाेट असार २७ । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.