डिल्लीप्रसाद चौलागाईं
१२ फागुन कालिकोट । संसद पुनस्थापनाले कसैको पनि हार र जित नभएकोले प्रचण्ड माधव समूहले फैलाएको गलत भ्रममा नपर्न प्रधानमन्त्री केपि ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कालिकोटले आग्रह गरेको छ । संसद पुस्थापना गर्ने अदालतको फैसला पछि बुधबार प्रेस विज्ञप्ति जारि गर्दै नेकपा कालिकोटले नागरिकहरुलाई कसैको भ्रममा नपरि संम्यमित हुन आग्रह गरेको हो । नेकपा कालिकोटका सचिव तुलाराज मल्लद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा पछिल्लो विकसित राजनितिक घटनाक्रम संगसंगै नेपाली जनताले परिकल्पना गरेको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षाको महान अभियानको
गन्तव्य ओझेलमा पर्ने संकेत देखिएको छ । अव नेपाल सधै गुट,पूmट अस्थिरता र अराजकको लागि खेल खेलिराख्ने तत्वहरुको खेलमैदान हुने परिदृष्य देखा परेको छ । यहाँ कसैको हार र जित भएको छैन, यसमा कोहीकसैले पनी भ्रमित नहुन अनुरोध गरिन्छ । पद,पैसा र प्रतिष्ठालाई मात्रै सधै आफ्नो प्राथमिकतामा राखी देशलाई निरन्तर अस्थिरता तर्फको वाटोमा धकेल्ने गलत अभिष्ठ तथा बैदेशिक इशराको भरिया बन्ने चरित्रका कारण नेपालको कम्यूनिष्ट राजनितिक इतिहास विगत देखी नै ओझेलमा पर्दै आएको बताइएको छ ।
साथै जसको फलस्वरुप २०५२ सालमा क.मनमोहन अधिकारीको सरकारले संसद विघटन गरि निर्वाचनमा गएको प्रक्रिया विघटन गरेको फैसलाले नेपालको राजनिति एक दशक सम्म अस्थिरता र विकृतितर्फ फसेको इतिहास कोही कसैले बिर्सेको छैन । समाजवाद,लोकतन्त्र र मानवअधिकार प्रति हाम्रो निष्ठा अटल छ, तर हामी कुनै पनि रुपको,गठबन्धन,धुव्रिकरण,आग्रह र पूर्वाग्रहको विपक्षमा छौ । विना कुनै बाह्य हस्तक्षेप आफ्नो मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गरिनु पर्छ भन्ने अडानमा छौ उल्लेख गरिएको छ ।
यसैगरी संविधानको रक्षा गर्दै मुलुकलाई समिकरणको दिशावाट एकिकरणको दिशामा अगाडी बढाउन विभाजनकारी मानसिकता र व्यवहारलाई निस्तेज गरी स्थिरताको वाटोमा हिडाउन गरिने हाम्रो पार्टीका सम्पूर्ण पहल कदमीहरुमा आम क्रान्तिकारी प्रगतिशिल जनताको सहयोग सर्मथन रहने पूर्ण अपेक्षा सहित शहिदहरुको सपना पुरा गर्न नआत्तिई,नडराई अभूतपूर्व साहसका साथ जस्तोसुकै चुनौतिको सामना गर्न हामी पछी नर्पन सबैमा अनुरोध गरिएको छ ।
संसद पुनस्थापनावाट नागरिक भ्रमित नहुन नेकपा कालिकोटको आग्रह (विज्ञप्ति सहित)





