कालिकोटमा पहिलो पटक कवडी खेल हुँदै

खबरखोज समाचारदाता   ।   २०८० असार ५, मंगलवार १५:५८

कालिकोट – कालिकोट जिल्लामा पहिलाे पटक कवडी खेल हुने भएको छ ।

असार १५ गतेदेखि जिल्ला सदरमुकाम मान्ममा पालिका स्तरीय कवडी खेल हुने भएको कवडी खेलका राष्ट्रिय खेलाडी जगदीश विष्टले जानकारी दिएका छन ।
पहिलाे पटक संचालन हुन लागेकाे खेलमा २५ वर्ष मुनि महिला तथा पुरूष उमेर समुहले भाग लिन पाउने छन ।

पहिलो पुरस्कार ७० हजार र दाेर्साे ४० हजार पुरस्कार रहेकाे विष्टले जनाए ।
खेलमा भागलिने समुहले असार १४ गते सम्म टिम दर्ता गर्ने समय रहेकाे खेलाडी विष्टकाे भनाई छ ।
याे कालिकोटमा पहिलाे पटक हुन लागेको हाे ।
खेलाडीले खान वस्न र पाेषाक आफैले व्यवस्थापन गर्नु पर्ने आयाेजक टिमका संयाेजक जितेन्द्र प्रताप मल्लले बताए ।
कालिकोटकाे लागि पहिलोपटक हुने भएको याे खेलमा सवैले आआफ्नाे क्षेत्रबाट सहयाेग गर्न अनुरोध समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरजातीय विवाहको पीडा: न विवाह दर्ता न जन्मदर्ता

२०८० असार ५, मंगलवार १५:५८
बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.