नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे उम्मेदवार दर्ता

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन २७, मंगलवार १७:२२

कालीकोट , जिल्लाकाे  जनचेतना बहुमुखी क्याम्पसको स्ववियु सभापतीका लागी सत्तारुढ गठबन्दन बाट अमराज बराल लगाएतका उम्मेदवार हरुकाे नाम दर्ता गरिएकाे छ । दुवै संगठनको तर्फबाट सभापतीको लागी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का तर्फ बाट बराललाई अगाडी सारेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मिलेर चुनाव  लड्ने  भएका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिकोटका दुईवटा क्याम्पस नन्दादेवी बहुमुखी क्याम्पसमा ने.वि.संघले नेतृत्व गर्ने र जनचेतना बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्ने गरि गठबन्धन गरिएको हाे । मंगलबार अनेरास्ववियु कर्णाली प्रदेशका सचिव धर्मराज शाही , तरुण दल कालिकोट जिल्ला अध्यक्ष दमन राज शाही ,नेवीसंघ कालिकोटका जिल्ला अध्यक्ष दिर्घ बहादुर  शाही, र रामराज बम लगाएतका स्थानीय नेता हरुको उपस्थितीमा उम्मेदवार दर्ता गरिएको छ ।

जनचेतना बहुमुखी क्याम्पसमा सभापतीमा अमराज बराल, सचिव रमेश बुढा , कोषाध्यक्षमा बिन्दा शाही, सदस्य राधिका फर्साल, ममिता चौलागाई, खिमसरा सिम्खडा , कोपिला कुमारी देवाकटा लगाएतले उम्मेदवार दर्ता गराएका हुन् । नेवी संघ र अनेरास्ववियुले क्याम्पसमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।अन्य दल जस्तो आफ्नो दल नभएको दुवै दलका नेताहरूले बताएका छन्।

विगतका दिनमा अन्य दलका विद्यार्थी नेताले  जितेर गएकाे  क्याम्पसमा केही परिवर्तन नआएकाे बताए । अबका दिनमा  संयुक्त गठबन्धनकाे टिमले विजय हासिल गर्ने र क्याम्पसको हितका लागि काम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रिफर गरिएका शुभकालिकाका नागरिकहरूको काठमाडौँमा उपचार हुँदै

२०८१ फाल्गुन २७, मंगलवार १७:२२
कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिकामा निशुल्क शिविर लिएर काठमाडौं रिफर भएकाकाे निःशुल्क उपचार हुँदै छ । शुभकालिका गाउँपालिकाकाे आयाेजनामा , काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड काठमाडौंकाे समन्वय र सहकार्यमा शुभकालिका गाउँपालिकामा निशुल्क २ दिने शिविर सञ्चालन गरिएकाे थियाे । फाल्गुण ६ र ७ गते सञ्चालन गरिएको शिविरबाट धेरैले सेवा लिएका हुन् […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.