डोरखबर/कालिकोट मंसिर ५ । परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
रोयम नेपालको आयोजना,(AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कालिकोटको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरि मानवअधिकारकर्मी उत्पादन गर्नुका साथै मानवअधिकारको पर्वद्धन, प्रत्याभूति र संरक्षण गर्ने उदेश्यका साथ कालिकोट जिल्लामा पनि यो कार्यको थालनी गरिएको रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनु भएको छ ।
मंसिर ५ गते विहान ८ वजे सञ्चालन भएको कार्यक्रममा बोल्दै संयोजक विकले कालिकोट जिल्लामा पनि मानवअधिकारका क्षेत्रलाई क्रियाशिल बनाई सरोकारवाला निकायले गरेका मानवअधिकार उलंघनका विषयमा उठान गर्न युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्न थालेको उल्लेख गर्नुभयो।
संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर युवा मानवअधिकार रक्षक सञ्जाल गठन गर्न थालेको छ ।
कार्यक्रममा इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले जिल्लाको समग्र मानव अधिकारको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
उक्त सञ्जाल गठनका लागि इन्सेक लगायतका संघसंस्थाहरूको पनि ठूलो भूमिका रहेको भन्दै रोयम नेपालले विभिन्न संघसंस्थाहरूसंग सहकार्यमा सहकार्य गरेको छ । जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि रोयम नेपालले पहिलोदिन इन्सेक, गैरसरकारी महासंघ, नेपाल पत्रकार महासं, मानव अधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, नागरिक समाज र गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागि गराई युवाहरूको नाम समेत पहिचान गरि युवा मानवअधिकार रक्षक सञ्जालमा समावेश गरिने बताइएको छ ।
तर उक्त गठन कार्य भने मंसिर ८ गते गरिने भएको छ । करीव २५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनपछि सो कमिटीले जिल्लाभरिको बस्तुस्थितीलाई बुझि त्यसको पहलकदमी गर्ने भएको छ । भने जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।





