भारत-पाकिस्तान तनाव : पाकिस्तानी प्रधानमन्त्रीले दिए कडा जवाफको चेतावनी

डोरखबर संवाददाता   ।   २०८२ बैशाख २४, बुधबार ११:२९

काठमाडौं ।

पाकिस्तानी प्रधानमन्त्री सेहवाज सरिफले भारतद्वारा गरिएको आक्रमणलाई गम्भीरतापूर्वक लिँदै कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। उनले भने, “भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।”

भारतको रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’ नामक यस आक्रमणमा पाकिस्तान र पाकिस्तान-कब्जा गरेको जम्मू तथा कश्मीरका नौ वटा ‘आतंकवादी पूर्वाधार’ स्थलहरूलाई निशाना बनाइएको थियो। मन्त्रालयले यो कारबाहीलाई ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गर्दै कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको स्पष्ट पारेको छ।

भारत-पाकिस्तान तनावमा वृद्धि भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्रीले कडा कदम उठाउने संकेत दिएका छन्। यस घटनापछि दुवै देशमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोखिममा रहेका ८३जना बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण

२०८२ बैशाख २४, बुधबार ११:२९
‎ कालीकोट , जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ५ र ४ का ८३ जना अति जाेखिममा रहेका बालबालिका लाई शैक्षिक र खाद्यान्न सामग्री वितरण गरिएको छ। सहयात्रा तेस्रो परियोजना अन्तर्गत शुभकालिका गाउँपालिका वडा नं ४ र ५ का  बालबालिका लाई आईतबार एक कार्यक्रमका बिच झोला,कापी , डटपिन, पेन्सिल ,ज्यामीति , […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.