कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँपालिकामा वडा बालअधिकार समितिका पदाधिकारी हरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । वडा बालअधिकार समितिका संयाेजक मिम बहादुर शाहीकाे सभा अध्यक्षतामा शुक्रबार तालिमको उद्घाटन गरि सनिवार सम्पन्न गर्नु भएकाे हाे ।
शुभकालिका गाउँपालिका वडा नं ४ ५ ६ का वडा बालअधिकार समितिका संयाेजक ,स्थानीय जनप्रतिनिधि, शिक्षक ,स्वास्थ्यकर्मी , बालबालिका ,प्रहरी , पत्रकार लगाएत लाई दुई दिने तालिम दिएकाे छ । तालिममा बाल अधिकार के हो? नेपालको संविधान र बालबालिका ऐन २०७५ को व्यवस्था के छ । UNCRC (बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि) बालबालिकाको सरोकारमा स्थानीय सरकारको भूमिका ,बाल संरक्षण र प्रतिकृया प्रणाली तालिम,बालबालिकासँग सम्बन्धित जोखिम/दुर्व्यवहारको पहिचान ,कसरी उजुरी लिने, अनुसन्धान गर्ने, र सेवा सिफारिस गर्ने? प्रहरी, अदालत र अन्य सेवा प्रदायकसँग समन्वय कसरी गर्ने?
बालबालिकासँग व्यवहार गर्दा अपनाउनु पर्ने प्रक्रिया ,बाल सुधार गृहको कार्यप्रणाली ,नाबालक अपराधीको हक र पुनर्स्थापना प्रक्रिया ,बाल क्लब गठन र सशक्तीकरण ,बालबालिकाको आवाज कसरी सुन्ने र निर्णय प्रक्रियामा समावेश गर्ने? बाल यौन शोषण, दुर्व्यवहार, लैंगिक हिंसाबारे चेतना पीडितसँग कसरी सुरक्षित रूपमा कुरा गर्ने लगाएतका कुरा तालिममा सिकाईएकाे परियाेजना संयाेजक सरिता खत्रीले बताउनु भयाे ।
कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीकाे सभाअध्यक्षता वडा बालअधिकार समितिका सहभागीतामा कार्यक्रमकाे समापन्न गरिएको हाे । सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाे भिडिसेफ नेपाल कालीकाेटकाे सहजिकरण र वडा बालअधिकार समितिकाे आयाेजनामा कार्यक्रम गरिएकाे थियाे । कार्यक्रममा सिकेका कुरा हरु गाउँ,टाेल ,विद्यालयमा लागू गर्ने सहभागीले बताएका छन् ।





