दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र ६, शुक्रबार ११:५८

काठमाडौं । दक्षिण अमेरिकामा शुक्रबार बिहान  शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गमा रहेको छ, यसले दक्षिण–पश्चिम एटलान्टिक र दक्षिण–पूर्वी प्यासिफिक ओसनलाई जोड्छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार, भूकम्पको तीव्रता सुरुमा ८ म्याग्निच्युड मापन गरिएको थियो । तर, पछि यसलाई संशोधन गरी ७.५ कायम गरिएको छ ।

यो क्षेत्र दक्षिण अमेरिकाको केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूबीचमा छ । ड्रेक जलमार्ग, दक्षिणी चिली र अन्टार्टिकाबीचको सुदूर समुद्री क्षेत्र, जटिल टेक्टोनिक सीमाहरूनजिक पर्छ । यहाँ भूकम्पीय गतिविधि सामान्य हुन्छ ।

हालसम्म कुनै हताहत वा संरचनात्मक क्षतिको खबर आएको छैन ।

यसको केन्द्र ३६ किलोमिटर गहिराइमा थियो । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ । ड्रेक जलमार्गको चौडाइ कम्तीमा ८०० किलोमिटर छ । द इकोनोमिक टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिपुलेक सहमतिका विरुद्ध अनेरास्ववियुले सशक्त आन्दोलन गर्ने–प्रदेश संयोजक शाही (भिडियो सहित)

२०८२ भाद्र ६, शुक्रबार ११:५८
कालिकोट ।अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्ववियु) करर्णाली प्रदेश कमिटि संयोजक धर्मबहादुर शाहीले भारत र चिन विचमा भएको लिपुलेक लिम्पियाधुरा व्यापारिक नाकाको सहमति खारेजीका लागि अनेरास्ववियुले सश्क्त आन्दोलन गर्ने धारणा राखेका छन । शुक्रबार कालिकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित अनेरास्ववियु जिल्ला कमिटी कालिकोटको चौथो पुर्ण बैठक, प्रशिक्षण तथा दर […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.